नाउपाकी सुदूरपश्चिम सांसद इन्दिरा गिरीलाई नहटाउन सर्वोच्चको अन्तरिम आदेश
धनगढी। नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठको कारबाहीमा परेकी सुदूरपश्चिम प्रदेशसभा सदस्य इन्दिरा गिरीलाई नहटाउन सर्वोच्चले अन्तरिम आदेश दिएको छ।
नाउपाकी समानुपातिक सांसद गिरीलाई सर्वोच्च अदालतले पदबाट नहटाउन अन्तरिम आदेश दिएपछि उनको पद पुनर्बहाली भएको हो।
आजै सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले सांसद पद पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको हो।
यसअघि पार्टीको निर्णय विपरीत गएको भन्दै गिरीलाई नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले प्रदेश सभा सदस्यबाट हटाएको पत्र पठाइकी थिइन्। अध्यक्ष श्रेष्ठको पत्रपछि सुदूरपश्चिम प्रदेशका सभामुखले गिरीलाई पदमुक्त गरेको सूचना सार्वजनिक गरेका थिए ।
No ads found for this position
प्रतिक्रिया


Facebook Comment