सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली
काठमाडौं। संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युनाइटेड नेसन्सको शान्ती मिशनमा सहभागी सैनिकहरुको अदलीबदली गरिएको छ।
१९४ जनाको अन्तिम टोली सेनानी हिरा बहादुर घिमिरेको नेतृत्वमा युएन चार्टर्ड फ्लाइट सोमबार काठमाडौंबाट मिसन इलाका प्रस्थान गरेको नेपाली सेनाले जनाएको छ। यस्तै, सो मिसनमा कार्यरत रही आफ्नो कार्यकाल सम्पन्न गरेका १९४ जना सम्मिलित अन्तिम टोली प्रमुख सेनानी रित बहादुर रानाभाटको नेतृत्वमा आइतबार स्वदेश फर्किएको छ।
हाल यस मिसनमा नेपाली सेनाका १२४१ जना शान्ति सैनिकहरू कार्यरत छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment