‘दल र नेताको विकास देशको विकास होइन’

डिसी नेपाल
३ वैशाख २०८१ २३:३४
12
Shares

काठमाडौं। पूर्वउपराष्ट्रपति परमानन्द झाले दल र नेताको विकासलाई देशको प्रगति ठान्ने गलत प्रवृत्ति भएको बताएका छन्। दिशानिर्देश प्रेस क्लबद्वारा आज यहाँ आयोजित कार्यक्रम उनले देश विकासका लागि राजनीति सहकार्य र एकताको खाँचो औल्याए।

कार्यक्रममा ‘सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर’ र ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान रक्षा गर’ विषयमा छलफल गरिएको थियो। उपत्यका राष्ट्रिय दैनिक, दिशानिर्देशक राष्ट्रिय साप्ताहिक, दिशानिर्देशक प्रेस क्लबको २१औँ वार्षिकोत्सवमा आयोजित सो कार्यक्रमका सहभागीले प्रेसको पक्षमा सर्वोच्च अदालतले दिएको फैसला कार्यान्वयन गर्न माग गरेका थिए। कार्यक्रममा वरिष्ठ अधिवक्ता सुरेशकुमार पौडेल, प्रेमबहादुर खड्का र गोपालकृष्ण घिमिरेले न्यायपालिकाको फैसला सरकारले कार्यान्वयन गर्नुपर्छ भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *