गोसाइँकुण्डमा केबलकार बनाउन पहल गर्छु: कानुन मन्त्री गिरी

डिसी नेपाल
४ वैशाख २०८१ २३:१८
16
Shares

रसुवा। कानुन तथा संसदीय व्यवस्थामन्त्री पदम गिरीले नीति नियममा परिमार्जन गरेर भए पनि गोसाइँकुण्डमा केबलकार निर्माण गर्न पहल गर्ने बताएका छन्।

गोसाइँकुण्ड गाउँपालिका र लाङटाङ राष्ट्रिय निकुञ्जको संयुक्त आयोजनामा तेस्रो गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कप भलिबलखेल, १२ औँ रेडपाण्डा ट्राफिक तथा २९ वन्यजन्तु सप्ताहको आज धुञ्चेमा उद्घाटन गर्दै मन्त्री गिरीले सो कुरा बताएका हुन्।

मन्त्री गिरीले केबुलकारको कार्यविधि पारित गराउन आवश्यक पर्ने बुँदा समयसापेक्ष परिमार्जन गरी स्थानीयवासीको माग र आवश्यक्ता पुरा गर्नरगराउन आफू प्रतिबद्ध रहेको बताए।

कुनै पनि कार्य गर्दा वा गराउँदा जैविक विविधताको संरक्षणलाई ध्यानमा राखी गरिने उनको भनाइ छ। कानुनमन्त्री गिरीले आजै सीमावर्ती रसुवागढी क्षेत्रको भ्रमण गरी सीमाबाट वारिपारि आउजाउका विषयमा समेत जानकारी लिएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *