सुहाङलाई भोट माग्दै ओलीले भने– उद्धेश्य बोकेर हिडेका वास्तविक उम्मेदवार हुन्
इलाम। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम–२ मा वैशाख १५ गते उपनिर्वाचनको चुनावी सभामा सहभागी भएका छन्।
बुधबार इलाम–२ को मंगलबारेमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले पुर्खाले स्वाधीन राखेको देशलाई सम्मान गर्ने बताएका छन्। उनले देशलाई एकताबद्ध बनाएर सुशासन र विकास ल्याउन चाहेको बताएका छन्।
सुहाङको प्रशंसा गर्दै ओलीले गन्तव्य र उद्धेश्य बोकेर अगाडी बढेको युवा भएको बताए। ओलीले सुहाङ वास्तविक उम्मेदवार भएको बताएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार बनेका सुहाङ नेम्वाङले जातीय भेदभाव र सामाजिक विखण्डनले समृद्धिको बाटो छेक्ने बताएका छन्। उनले इलामका जनताले आफ्ना बुवामाथि गरेको विश्वासलाई शिरमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment