अमेरिकामा फेरि गोली चल्यो, ओहायोमा नौ जनाको मृत्यु
![अमेरिकामा फेरि गोली चल्यो, ओहायोमा नौ जनाको मृत्यु](https://www.dcnepal.com/wp-content/uploads/2019/08/gun-shutter-0.26333800-1519880831.jpg)
वासिङ्टन। अमेरिकाको ओहायो राज्यस्थित डेटनमा आइतबार बिहानीपख भएको गोलीकान्डमा कम्तीमा नौ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीले गोली चलाउने व्यक्तिको मृत्यु भएको बताएको छ। गोलीकान्डमा अरु १६ जना घाइते भएका र उनीहरुलाई स्थानीय अस्पतालहरुमा भर्ना गरिएको छ। यस घटनाको विस्तृत विवरण आउन बाँकी छ।
अमेरिकाको टेक्सासमा शनिबार भएको अर्को गोलीकान्डमा कम्तीमा २० जनाको मृत्यु भएको थियो। (रासस-एएफपी)
प्रतिक्रिया
Facebook Comment