अमेरिकामा फेरि गोली चल्यो, ओहायोमा नौ जनाको मृत्यु
वासिङ्टन। अमेरिकाको ओहायो राज्यस्थित डेटनमा आइतबार बिहानीपख भएको गोलीकान्डमा कम्तीमा नौ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीले गोली चलाउने व्यक्तिको मृत्यु भएको बताएको छ। गोलीकान्डमा अरु १६ जना घाइते भएका र उनीहरुलाई स्थानीय अस्पतालहरुमा भर्ना गरिएको छ। यस घटनाको विस्तृत विवरण आउन बाँकी छ।
अमेरिकाको टेक्सासमा शनिबार भएको अर्को गोलीकान्डमा कम्तीमा २० जनाको मृत्यु भएको थियो। (रासस-एएफपी)
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment