युवती भगाएको विषयमा धनुषाको पौडेसर तनावग्रस्त

डिसी नेपाल
१३ वैशाख २०८१ १६:१८
112
Shares

धनुषा। धनुषाको औरही गाउँपालिकाको पौडेसर तनावग्रस्त भएको छ। प्रहरीका अनुसार करिब दुई साता अघि दुई जना युवकले दुई जना युवती भगाएर लगेको विषयमा अहिलेसम्म दुबै जोडी नआएपछि छोरी पक्षले बिहानैदेखि सडकमा टायर बालेर प्रदर्शन गरेका थिए।

पौडेसरका दुई जना युवतीलाई हंसपुर नगरपालिका–४ का दुई जना युवकहरूले भगाएर लगेको र उनीहरु परिवारको सम्पर्कमा अहिलेसम्म नरहेको बताइएको छ। प्रहरीले आफ्नो छोरीहरू खोज्न पहल नगरको र केटापक्षले पनि छोरीहरू खोजी नगरेको भन्दै केटीपक्ष आक्रोशित बनेको हो।

प्रदर्शनका क्रममा प्रदर्शनकारीले प्रहरीको गाडीमा ढुंगा हानेर सिसा फुटाई दिए पछिको स्थिति तनावग्रस्त बनेको थियो। प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार गरेको जनाएको छ। प्रहरीले अहिले स्थिति नियन्त्रणमा आएको बताएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *