अक्षय तृतीया मेलाको तयारी पूरा, डोलेश्वरमा चारवटै ढोका खोलिने

डिसी नेपाल
२७ वैशाख २०८१ १९:५५
56
Shares

भक्तपुर। भक्तपुरको सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा शुक्रबार अक्षय तृतीयामा लाग्ने मेलाको तयारी पूरा भएको छ।

केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले मेलाको सम्पूर्ण तयारी पूरा भएको र दर्शनार्थीका लागि बिहान ४ बजेदेखि चारवटै ढोका खुल्ला गरिने जनाएको छ। मन्दिरका चारै ढोकाबाट प्रवेशगरी भक्तजन आफैँले पूजा एवम् दर्शन गर्नेगरी व्यवस्थापन गरिएको छ।

समितिका अध्यक्ष धर्मराज बस्नेतले मन्दिरमा अन्य दिन बाहिरबाट मात्र दर्शन गर्न मिल्ने भए पनि केदारनाथको शिर डोलेश्वर महादेव घोषणा भएको दिन भदौ ६ गते, शिवरात्रि र अक्षय तृतीयागरी वर्षमा तीन दिन भने भित्रै प्रवेशगरी पूजा गर्न पाउने व्यवस्था गरिँदैआएको जानकारी दिए।

मेलामा भीड व्यवस्थापनका लागि हरिशचन्द्र थापाको नेतृत्वमा स्वयंसेवक समिति गठनगरी ४० जनालाई खटाउने र दर्शनार्थीलाई लाइनमा लागेको २० देखि ३० मिनेटभित्रै दर्शन एवम् पूजा गर्नेगरी व्यवस्थापन गरिएको अध्यक्ष बस्नेतले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *