कोशीमा नयाँ सरकार गठनविरुद्ध परेको रिटको पेशी आज
काठमाडौँ । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा आजका लागि सुनुवाइ पेशी तोकिएको छ । कार्कीले नयाँ सरकार गठनविरुद्ध विहिबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए ।
प्रदेश प्रमुखको कार्यालय, प्रदेश प्रमुख परशुराम खापुङ, सभामुख अम्बरबहादुर विष्ट, नेकपा एमालेका प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की तथा सङ्कल्प प्रस्तावका समर्थकहरूलाई विपक्षी बनाइएको रिटमा नेपालको संविधानको धारा १३३ (२) (३)बमोजिम उत्प्रेषण, परमादेशलगायत उपयुक्त आदेश जारी गर्न माग गरिएको छ ।
प्रदेश प्रमुख परशुराम खापुङले बुधबार राति सरकार गठनको आव्हान गरेर विहिबार दाबी पेश गरेका एमालेका हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्ति समेत गरिसकेका छन् ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment