राष्ट्रपति चुरे–तराईका जलाधार व्यवस्थापन अधिकृतविरुद्ध मुद्धा दायर

डिसी नेपाल
२८ वैशाख २०८१ २०:१९
8
Shares

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई कैलालीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पालविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

पालले तटबन्ध निर्माण कार्यको पहिलो रनिङ बिल भुक्तानीमा सहजीकरण गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग एक लाख २० हजार घुस लिएपछि गत वैशाख ५ गते  रंगेहात पक्राउ परेमा थिए।

अख्तियारले सेवाग्राहीसँग एक लाख बिस हजार रुपैयाँ घुस लिएको पुष्टि भएको सोही रकम बिगो कायम गरी कैद र  बिगो बमोजिम जरिवाना सजाय हुन मागदावीसहित मुद्दा दायर गरिएको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *