डेब्यु खेलमै रेकर्ड राखेका भारतीय बलर सैनीलाई आइसिसीको कारवाही

डिसी नेपाल
२० साउन २०७६ १७:०१

काठमाडौं। भारतका तीव्र गतिका बलर नवदीप सैनीलाई आइसिसीले चेतावनी दिएको छ। आचार संहिता विपरितको काम गरेको आइसिसीले उनलाई चेतावनी दिएको हो।

उनले अमेरिकाको फ्लोरिडामा भएको वेस्ट इन्डिजविरुद्धको पहिलो टी–२० खेलमा अभद्र व्यवहार गरेको भन्दै आइसिसीले चेतावनी दिएको हो। चेतावनीसँगै उनलाई १ डिमेरिट अंक प्रदान गरिएको छ।

वेस्ट इन्डिजविरुद्धको खेलको चौथो ओभरमा निकोलास पूरानलाई आउट गरेपछि सैनी आक्रमक भएका थिए। सो खेलमा उनले १७ रन दिँदा ३ विकेट लिएका थिए। आइतबार भएको दोस्रो खेलमा भने उनले विकेट लिन सकेनन्। सुरुवाती २ खेल जितेर भारतले ३ खेलको सिरिज १ खेलअघि नै कब्जा गरिसकेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *