मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन सुदूरपश्चिमको प्रदेश सभा बैठक आह्वान

डिसी नेपाल
३१ वैशाख २०८१ १३:२८
116
Shares

धनगढी। सुदूरपश्चिम प्रदेशको बैठक आह्वान गरिएको छ। बैठक जेठ ३ गते बिहान सवा १० बजेका लागि आह्वान गरिएको हो। यस बैठकबाट मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने तयारी गरिएको छ।

सूचनामा भनिएको छ, ‘सुदूरपश्चिम प्रदेश सरकारका माननीय मुख्यमन्त्री श्री दीर्घ बहादुर सोडारीज्यूले मिति २०८१ जेठ ३ गते बिहीबार बिहान १०: १५ बजे प्रदेश सभाबाट विश्वासको मत लिने प्रयोजनार्थ प्रदेश सभाको वैठक बस्ने भएकाले सम्पूर्ण माननीय प्रदेश सभा सदस्यज्यूहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।’

विश्वासको मतको लागि बोलाइएको यो तेस्रो पटक हो। यसअघि बैशाख २१ र २२ गते पनि प्रदेश सभा बैठक बोलाइएको भएपनि बैठक स्थगित गरिएको थियो । मुख्यमन्त्री सोडारीलाई सत्ता घटक एमालेले विश्वासको मत नदिने अडान लिएका कारण यस अघिका बैठक स्थगित गरिएको थियो।

५२ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा कांग्रेसका १८, माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नाउपाका ७, एकीकृत समाजवादीका ४, राप्रपा र स्वत्रन्त्रका एक एक सांसद रहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *