सुनको भाउमा फेरि नयाँ रेकर्ड
काठमाडौं। सुन र चाँदीमा फेरि उच्च मूल्य रेकर्ड बनेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन अघिल्लो दिनको तुलनामा प्रतितोला १६ सय रुपैयाँले बढेर एक लाख ४० हजार रुपैयाँ पुगेको छ। हिजो एक लाख ३८ हजार ४ सयमा कारोबार भएको थियो।
चाँदीको भाउले पनि नयाँ रेकर्ड बनाएको छ। बिहीबार प्रतितोला ६० रुपैयाँ बढेर चाँदीको भाउ १ हजार ८०५ रुपैयाँ कायम भएको छ । यसअघि हिजो बुधबार १ हजार ७४५ रुपैयाँमा कारोबार भएको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment