सुनको भाउमा फेरि नयाँ रेकर्ड

डिसी नेपाल
३ जेठ २०८१ ११:१६
148
Shares

काठमाडौं। सुन र चाँदीमा फेरि उच्च मूल्य रेकर्ड बनेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन अघिल्लो दिनको तुलनामा प्रतितोला १६ सय रुपैयाँले बढेर एक लाख ४० हजार रुपैयाँ पुगेको छ। हिजो एक लाख ३८ हजार ४ सयमा कारोबार भएको थियो।

चाँदीको भाउले पनि नयाँ रेकर्ड बनाएको छ। बिहीबार प्रतितोला ६० रुपैयाँ बढेर चाँदीको भाउ १ हजार ८०५ रुपैयाँ कायम भएको छ । यसअघि हिजो बुधबार १ हजार ७४५ रुपैयाँमा कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.