रवि लामिछाने भन्छन्- एक पटक बोल्न पाउनु पर्‍याे, त्यत्ति हो मागेको

डिसी नेपाल
३ जेठ २०८१ १७:२३
64
Shares

काठमाडौं। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसदमा एक पटक बोल्न पाउनुपर्ने आफ्नो माग दोहोराएका छन्।

सामाजिक सञ्जालमार्फत लामिछानेले एक पटक बोल्न पाउनुपर्ने मात्र मागेको बताउँदै मिडिया ट्र्याल भएको टिप्पणी गरेका हुन्।

उनले भनेका छन्, ‘एक पटक बोल्न पाउनु पर्‍याे। त्यत्ति हो मागेको। यति घिन लाग्दो  मिडिया ट्रायल?’

कांग्रेसले सहकारी ठगि प्रकरणमा लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति बनाउनुपर्ने भन्दै संसद अवरोध गर्दै आएको छ। प्रधानमन्त्रीसहित सभामुखले पनि पटक पटक छलफल गरेर सहमतिको प्रयास गरेपनि अहिलेसम्म सहमति हुन सकेको छैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *