प्रतिनिधिसभाको आजको बैठक स्थगित

डिसी नेपाल
४ जेठ २०८१ १५:१५
608
Shares

काठमाडौं। आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। सभामुखको सचिवालयका अनुसार अब अर्को बैठक जेठ ६ गते आइतबार बिहान ११ बस्ने भएको छ ।

यस अघि आज बिहान ११ बजे बस्ने भनिएको बैठक सूचना टाँसेर २ बजेसम्मका लागि सारिएको थियो।

कांग्रेसले सहकारी ठगि प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै संसद अवरोध गरिरहेका छन्।

अहिलेसम्म सहमतिको प्रयास भएपनि सहमति हुन नसकेपछि आजको संसद बैठक स्थगित गरिएको छ। यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै साँझ कांग्रेस नेताहरुसँग छलफल गर्ने बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *