राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध

दिपा पौड्याल
७ जेठ २०८१ १४:०२
60
Shares

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले अवरोध गरेपछि राष्ट्रियसभाको बैठक स्थगित भएको छ।

सोमबार बैठक सुरु हुनेबितिकै कांग्रेस सांसदहरुले उठेर विरोध जनाएका थिए। राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहालले सहज रुपमा बैठक अघि बढाउन आग्रह गरेका थिए।

तर कांग्रेस सांसदहरुले विपक्षीले उठाउँदै आएको सहकारी अनियमितताका विषयमा संसदीय छानबिन समिति गठन नगरेसम्म सदनका कार्यसूची अघि बढ्न नसक्ने जनाएका थिए।

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा अध्यक्ष दाहालले जेठ ८ गते मंगलबारसम्मका लागि बैठक स्थगित गरेका हुन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *