सिरोहियालाई काठमाडौं ल्याइयो, मेडिसिटीमा उपचार गरिँदै

डिसी नेपाल
१५ जेठ २०८१ १६:२०
608
Shares

काठमाडौं। कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई काठमाडौं ल्याईएको छ।

सिरोहियाको मुटुको समस्या बढेपछि आज हेलिकप्टरमार्फत काठमाडौं ल्याईएको हो। उनलाई ललितपुरको नेपाल मेडिसिटी अस्पतालमा उपचार गरिँदै छ।

नागरिकता किर्ते कसुरमा उनी काठमाडौंस्थित् कान्तिपुरको मुख्यालय थापाथलीबाट पक्राउ परेका उनलाई गत मंगलबार राति धनुषा लगिएको थियो।

अदालतले पटक पटक म्याद थपेर प्रहरीलाई अनुसन्धानको लागि अनुमति दिँदै आएको छ। उनलाई अहिलेसम्म तीन पटक ३-३ दिनको लागि म्याद थप गरिएको छ ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *