सन्दीपलाई विश्वकपका लागि भिसा माग गर्दै समर्थकहरुको र्याली
काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेलाई विश्वकप खेल्न अमेरिकाको भिसाका लागि पहल गर्न माग गर्दै उनका समर्थकहरुले काठमाडौंमा र्याली निकालेका छन्।
विश्वकप खेल्न अमेरिकन दूतावासले भिसा दिन इन्कार गरेको अवस्थामा सरकारले नै भिसाको पहल गर्नुपर्ने भन्दै उनीहरुले काठमाडौंको माइतिघर देखि बालुवाटारसम्म र्याली निकालेका हुन्।
प्रदर्शनकारीले विश्वकपमा नेपाली टीमलाई बलियो रुपमा प्रस्तुत गर्न सन्दीपको सहभागीता हुनुपर्ने भएकाले विश्वकप खेल्न जान भिसा दिनुपर्ने माग गरेका छन्।
र्याली पछि उनीहरुले प्रधानमन्त्री निवास बालुवाटार नजिक निषेधित क्षेत्रमा धर्ना दिएका छन्। सो क्रममा केहि प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले हस्तक्षेप गरि हटाएको थियो।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment