सुन तोलामा १७ सयले बढ्यो, चाँदीको भने घट्यो
काठमाडौं। आज नेपाली बजारमा सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १७ सय ले बढेर १ लाख ४२ हजार २०० कायम भएको छ । त्यस्तै तेजाबी सुन १ लाख ४१ हजार ५०० पुगेको छ।
यसअघि बिहिबार छापावाल सुन प्रतितोला १ लाख ४० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज चाँदीको मूल्य घटेको छ। आज तोलामा २५ रुपैयाँले घटेर चाँदी १ हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment