बुबाको हत्या गरी फरार रहेका छोरा पक्राउ

डिसी नेपाल
१८ जेठ २०८१ २२:१४
84
Shares

फिक्कल। इलाममा बुबाको हत्या गरी फरार रहेका छोरा पक्राउ परेका छन्। इलामको माई नगरपालिका–१० ढोडेनीका ६६ वर्षीय दिलबहादुर राईको हत्या गरी फरार रहेका ३५ वर्षीय रामबहादुर राईलाई आज पक्राउ गरिएको हो।

रामबहादुरलाई माई नगरपालिका–१० ढोडेनी जंगलमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगूले जानकारी दिए। ‘उनीमाथि थप अनुसन्धान सुरु गरेका छौँ’, उनले भने।

घरायसी विवादमा रामबहादुरले बुबा दिलबहादुरलाई चिर्पटले हिर्काएर सख्त घाइते बनाएका थिए। उनको उपचारका लागि झापाको विर्तामोड अस्पताल लैजाँदा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *