सार्वजनिक बसमा एक महिनाभित्र अपाङ्गमैत्री सिँढी राख्न गृह मन्त्रालयको अनुरोध

डिसी नेपाल
२० जेठ २०८१ ९:२६
32
Shares

काठमाडौं। गृह मन्त्रालयले सार्वजनिक बसमा एक महिनाभित्र अपाङ्गमैत्री सिँढी राख्न अनुरोध गरेको छ ।  सार्वजनिक यातायातलाई अपाङ्गमैत्री र अशक्त मैत्री बनाइने उद्देश्यले मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गरेर अनुरोध गरेको हो ।

अपाङ्गता भएका तथा अशक्त व्यक्तिलाई आवागमनमा सहज होस् भन्नका लागि सार्वजनिक बसमा अनिवार्य अपाङ्गतामैत्री र्‍याम्प राख्न अनुरोध गरेको गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले जानकारी दिए । अहिले सार्वजनिक गाडीमा चढ्न अपाङ्गता भएका व्यक्तिले हैरानी बेहोर्दै आएका छन् ।

काठमाण्डौमा सञ्चालन हुने साझाको विद्युतीय बसमा भने ढोका होचो भएकोले अपाङ्गता भएका व्यक्तिलाई सहज रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *