जहाजभित्र इन्धनको गन्ध आएपछि धनगढी उड्न लागेको श्री एअरको जहाज पार्किङमा फिर्ता
काठमाडौं । जहाजभित्र इन्धनको गन्ध आएपछि धनगढी उड्न लागेको श्री एअरको जहाजलाई पार्किङमा फिर्ता गरिएको छ।
त्रिभुवन विमानस्थलका अनुसार एसएचए २२१ उडान नम्बरको जहाज धावनमार्गबाट उड्न रोक लगाउदै फर्काइएको हो ।
जहाजभित्र इन्धनको गन्ध आएपछि प्राविधिक परिक्षणका लागि जहाज फिर्ता बोलाइएको सुरक्षा स्रोतले जनाएको छ ।
उडान तालिका अनुसार सो जहाज काठमाडौं बाट बिहान साढे ८ बजे उड्नुपर्ने थियो ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment