प्रभु बैंक- न्यु होटल पिस प्यालेस र होटल दि राजन बाग्लुङबीच छुट सम्झौता
काठमाडौं। प्रभु बैँकका कर्मचारी तथा ग्राहकवर्गलाई बाग्लुङमा अवस्थित न्यु होटल पिस प्यालेस र होटल दि राजनले विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ।
छुट्टाछुट्टै समारोहकाबीच सम्पन्न सम्झौतामा न्यु होटल पिस प्यालेसका सञ्चालक निलेश राजभण्डारी, होटल दि राजनका सञ्चालक एन्जिल शाक्य र प्रभु बैँकका तर्फबाट गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु राना मगरद्वारा हस्ताक्षर गरियो।
सम्झौताअनुसार प्रभु बैँकका कर्मचारी तथा गद्वाहकवर्गहरुले बैँकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा होटलमा उपलब्ध सम्पुर्ण सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैँकले जनाएको छ।
प्राकृतिक, साँस्कृतिक, धार्मिक तथा मनोरञ्जनात्मक गतिविधिहरुले भरिपुर्ण बाग्लुङ जिल्ला नेपालको उत्तरी र दक्षिणी भागका लागि व्यापारिक केन्द्रका रुपमा चिनिन्छ । अन्नपुर्ण, धौलागिरी, ढोरपाटन, मुस्ताङ र डोल्पा क्षेत्रको भ्रमण गर्नेहरुका लागि ट्रान्जिट सेन्टरको रुपमा काम गरिरहेको बाग्लुङ झोलुङ्गे पुलहरुको जिल्लाको उपनामबाट परिचित छ।
धौलागिरि र अन्नपुर्ण श्रृङ्खलाका मनोरम दृश्य अवलोकनका लागि लोकप्रिय बाग्लुङ्ग ट्रेकिङ्ग, बाइकिङ, र्याफ्टिङ तथा साहसिक चाहनेहरुका लागि उक्तम गन्तव्य स्थानका रुपमा लिइन्छ ।
कालिका भगवती मन्दिर, पन्चकोट, शालिग्राम संग्रहालय, गलकोट दरबार जस्ता धार्मिक तथा पुरातात्विक महत्वका स्थानहरुबाट समेत परिचित छ। त्यस्तै बाग्लुङको अर्को लोकप्रिय आकर्षण नेपालको एक मात्र इजाजतप्राप्त शिकार आरक्ष, ढोरपाटन शिकार आरक्ष जहाँ निलो भेडाहरुको प्रमुख बासस्थान रहेको पाइन्छ।
ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ
साथै,लण्डन स्थित दि फाईनान्सियल टाईम्सले बैँक अफ दि ईयर-२०२३ बाट सम्मानित प्रभु बैँक, छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड-२०२४ अवार्डबाट सम्मानित भएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment