सन्तुलित बजेट आएको सबैले टिप्पणी गरेका छन्: अर्थमन्त्री पुन

डिसी नेपाल
२० जेठ २०८१ १४:१२
24
Shares

काठमाडौँ। अर्थमन्त्री वर्षमान पुनले राष्ट्रियसभाको आजको बैठकमा ‘आर्थिक वर्ष २०८१ र ०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गरेका छन् । प्रस्ताव पेस गर्दै निकै अन्योलताका बीचमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत भएको जानकारी दिए।

अर्थमन्त्री पुनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्षका अध्यक्ष केपी शर्मा ओलीको निरन्तरको पहलका कारण सहज रुपमा प्रक्रिया अगाडि बढेको बताए । उनले सांसदहरुको सल्लाह र पृष्ठपोषणका आधारमा बजेट ल्याइएको उल्लेख गर्दै सरोकार भएका सबै निकाय र क्षेत्रको समेत सुझाव लिइएको जानकारी दिए ।

अर्थतन्त्र पूर्ण रुपमा गतिशील अवस्थामा आइनसकेकाले जिम्मेवारीपूर्वक निजी क्षेत्रको मनोबल उठाउन जरुरी रहेको, युवामा रहेको निराशालाई चिरेर अगाडि बढ्नुपर्ने अवस्थालाई ख्याल गरिएको अर्थमन्त्री पुनले बताए। मुद्रास्फीति न्यून विन्दुमा रहेको तथ्य पेस गर्दै हरेक घरको भान्सामा पर्ने मूल्यवृद्धिको चापलाई नियन्त्रण गर्ने गरी प्रयास गरिएको उनको भनाइ छ ।

सङ्कुचित भएको साधन र स्रोतलाई विश्लेषण गरेर बजेट प्रस्तुत गरिएको भन्दै सबै क्षेत्रले सन्तुलित बजेट आएको टिप्पणी गरेका अर्थमन्त्री पुनले बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *