गिरीबन्धुको फाइल खोल्ने तयारी भइरहेको छ: मनीष झा

डिसी नेपाल
२० जेठ २०८१ १४:५९
92
Shares

काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले गिरीबन्धुको फाइल खोल्ने तयारी भइरहेको बताएका छन्।

आइतबार प्रतिनिधिसभा बैठकको बिशेष समयमा सांसद झाले आफ्नो पार्टी सरकारमा गएपछि टिकापुर, बाँसबारी जग्गा प्रकरणको छानविन गरेको भन्दै भूटानी शरणार्थी प्रकरणको पुनः छानविन गर्ने र गिरीबन्धुको पनि फाइल खोल्ने तयारी भइरहेको बताएका हुन्।

उनले सहकारी प्रकरणमा आफूहरुले ससर्त छानविन समिति बनाउन तयार रहेको जनाएको र त्यही आधारमा अहिले संसदीय छानविन समिति बनेको दाबी गरे। आफूहरु प्रसस्तै विकल्प छाडेर देशका लागि केही गर्न राजनीतिमा होमिएको उनले बताए।

सांसद झाले संसदमा बोल्ने क्रममा केही नेताहरुले परिवर्तनको क्रेडिट लिन खोजेको भन्दै राजनीतिमा सबै परिवर्तनको क्रेडिट लिने काम उचित नभएको जिकिर गरे। लामो समय संसद अवरुद्ध हुँदा जनताका समस्याको उठान गर्न नपाइएको उल्लेख गर्दै उहाले संसद खुलेपछि निरन्तर जनताको पक्षमा आवाज उठाइने बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *