सशस्त्रका महानिरीक्षक अर्यालद्वारा पदोन्नती भएका अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

डिसी नेपाल
२० जेठ २०८१ १९:४८
332
Shares

काठमाडौं। सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी नायव उपरीक्षक र सशस्त्र प्रहरी निरीक्षक पदमा पदोन्नती भएका ७ जना अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को मिति २०८० भाद्र १३ गतेको निर्णयले सशस्त्र प्रहरी निरीक्षकबाट सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा र नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर)को मिति २०८० भाद्र १ गतेको निर्णयले सशस्त्र प्रहरी नायव निरीक्षकबाट सशस्त्र प्रहरी निरीक्षक पदमा पदोन्नती भएका थिए।

उनीहरु एफपीयु मिशनमा कार्यरत रहेकाले आज दर्ज्यानी चिन्ह प्रदान गरीएको सशस्त्र प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *