बजेटमाथिको छलफल : ‘करको दायरा बढाएर राजस्व बृद्धि गर्न सकिन्छ’
काठमाडाैं। नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले करको दायरा बढाएर राजस्व बृद्धि गर्न सकिने बताएका छन्।
प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफलका गुरुङले करको भार थप नगरि दायर बढाएर राजस्व बुद्धि गर्न सकिने बताएका हुन्। उनले आफुले गाँजा खेतीका लागि कानून बनाउनका लागि पटक पटक सुझाव दिदा पनि यसलाइ प्रतिवन्ध गर्दा अवरौं राजस्व गुमिरहेको बताए।
औषधिजन्य पदार्थको रुपमा गाँजाको निर्यात गर्न सके दुई खर्व भन्दा बढी राजस्व उठ्ने उनले बताए। गुरुङले गाँजा र घरेलु मदिराका बारे सकारात्मक व्याख्या र छलफल हुनुपर्नेमा जोड दिए।
उनले धार्मिक, सांस्कृतिक, खेलकुदलगायत पर्यटनको सम्भावनालाई अघि बढाउनुपर्ने र चितवनको सौराहालाई हनिमुन सिटी बनाउन सुझाव दिए। त्यस्तै एमाले सांसद रघुजी पन्तले बजेटले राखेका लक्ष्य र उद्देश्य पूरा गर्न ध्यान केन्द्रीत गर्नुपर्ने बताए।
बजेट कार्यान्वयन हुँदा बजेटले लिएका लक्ष्य पुरा हुन्छ की हुँदैन भन्ने समिक्षा गर्नुपर्ने उनले बताए। पन्तले अहिलेको बजेटलाई एमालेले समर्थन गर्ने भन्दै बजेटका योजना पूरा हुने अवस्था सिर्जना हुनुपर्ने उल्लेख गरे। उनले बजेट पूर्ण रुपमा यथार्थबादी हुन नसकेको समेत बताए।
त्यस्तै माओवादी केन्द्रका सांसद महिन्द्र राय यादवले बजेटले निर्धारण गरेका प्राथमिकताले आगामी बर्षमा मुलुकको आर्थिक अवस्था थप मजबुद हुँदै जाने विश्वास व्यक्त गरे। कृषि सिचाइ क्षेत्रमा आएका कार्यक्रमले जनतालाई आत्मनिर्भर तर्फ उन्मुख गर्ने वातावरण सिर्जना हुने उनको भनाइ छ।
त्यस्तै अन्य सांसदहरुले बजेटमार्फत आएका कार्यक्रमको कार्यान्वयनमा जोड दिएका थिए। उनीहरुले आर्थिक अनुशासन कायम गरेर बजेटलाइ व्यवहारिक रुपमा उतार्नसक्नुपर्ने बताएका थिए।







डिसी नेपाल







Facebook Comment