हार्नेस जिपलाइन र गेट वे हिमालय रिसोर्टको प्रभु बैंकसँग विशेष छुट सम्झौता
कुश्मा। आन्तरिक तथा बाहृ पर्यटनको प्रशस्त सम्भावना बोकेको भिन्न भिन्न भाषा संस्कृति, भौगोलिक बनावट र पछिल्लो समयमा जिपलाइन, बन्जी लगाएतका साहसिक त्रियाकलाप को लागि चर्चित ठाँउ पर्वत जिल्लाको सदरमुकाम कुश्मामा अवस्थित हार्नेस जिपलाइन प्रालि साथै।
आन्तरिक तथा बाहृ पर्यटनको प्रशस्त सम्भावना बोकेको सहासी पदमार्गीहरु माझ लोकप्रीय गन्तब्य, भिन्न भिन्न भाषा संस्कृति, भौगोलिक बनावट भएको लमजुङ जिल्लाको सदरमुकाम बेसिसहर मा अवस्थित गेट वे हिमालय रिसोर्ट प्रा.लि.को प्रभु बैंक लिमिटेडबीच आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरुमा बिशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।
एक समारोहबीच हार्नेस जिपलाइनतर्फबाट प्रबन्ध निर्देशक शुनील थापा, गेट वे हिमालय रिसोर्ट प्रा.लि तर्फबाट सन्चालन प्रबन्धक नकुल गिरी र प्रभु बैंक लिमिटेड तर्फबाट, बैंकका प्रमुख प्रदेश अधिकृत-गण्डकी प्रदेश राजु राना मगरले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिड-क्रेडीट कार्ड तथा बैकंको अन्य कुनै बिधुतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा हार्नेस जिपलाइनमा उपलब्ध बिभिन्न प्रकारका जिपलाइन, जाइन्ट स्विङ, कालिगण्डकीमा राफ्टीङ लगाएतका सेवा हरुमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।
हार्नेस जिपलाइन, पछिल्लो तिन बर्षदेखि संचालनमा आएको र छोटो समयमा नै धेरै साहसिक मनलाई आकर्षित गर्न सफल भएको देखिन्छ। तथा गेट वे हिमालय रिसोर्टमा उपलब्ध आवासमा २० प्रतिशत र खाना र मनोरञ्जन लगायतका सेवा हरुमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।
गेट वे हिमालय रिसोर्ट पछिल्लो एक दशकदेखि संचालनमा आएको बेशिसहर जिल्लाकै सुबिधा सम्पन्न रिसोर्टको रुपमा परिचित पाइन्छ तथा हालसालै ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यलयहरु, २८५ एटीयम साथै ७० भन्दा बढी एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाख भन्दा वढि ग्राहकलाई ‘बिश्वास लिन्छौं बिश्वास दिन्छौं’ मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ।
साथै, छोटो समयको अन्तरालमानै फिनाकल इन्फोसिस ईनोभेसन गोल्ड-२०२४ अवार्डबाट सम्मानित भएको छ।







डिसी नेपाल







Facebook Comment