चुरे संरक्षणको माग गर्दै माइतीघरमा धर्नामा बसेका अभियान्ताकाे माग पूरा गर्न ध्यानाकर्षण
काठमाडाैं। नेपाली कांग्रेसका नेता नैनसिंह महरले चुरेक्षेत्र संरक्षण लगाएत बिभिन्न माग राख्दै काठमाडौंमा धर्ना बसिरहेका अभियान्ताहरुको मागको सुनुवाई गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
चुरे संरक्षण र वातावरण जोगाउन सप्तरीको भारदहबाट २५ दिन पैदल यात्रा गरेर काठमाडौं पुगेर १४ दिनदेखि माइतीघर मण्डलामा धर्ना बसेका अभियन्ताको मागमा वातावरण दिवस अवसरमा ऐक्यबद्धता जनाउँदै नेता महरले सरकारको ध्यानाकर्षण गराएका हुन्।
चूरे बचाउन अभियान्ताहरुको माग जायज भएकाले तत्काल सरकारले उनीहरुको समस्या समाधान गर्नुपर्ने कांग्रेस नेता महरले बताए। चुरे विनासले तराईमा पानीका मुहान सुकेर हाहाकार हुने स्थिति पैदा हुनु चिन्ताको विषय भएको भन्दै उनले चुरे विनासले वातावरणमा प्रतिकुल असर गरिरहेको उल्लेख गरे।
चुरे वन जंगल संरक्षण सम्वर्द्धन, दलीत भूमिहिन सुकुम्वासीहरुको भूमि अधिकारका निम्ति र अवैध उत्खनन तथा सिर्सिया नदि लगाएतका नदिहरुको प्रदुषण एवं अतिक्रमणको विरोधमा उनीहरु सप्तरीको भारदहदेखि बाराको पथलैया हुँदै काठमाडौंसम्मको पदयात्रा गरेका हुन्।
चुरे अतिक्रमण र दोहनले खानेपानीका स्रोत सुक्दै गएका छन्। त्यसको असर चूरे क्षेत्रका बासिन्दालाई परेको पीडितहरुले जनाएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment