भन्सार छलीका सामानसहित नौजना पक्राउ
काठमाडौं। प्रहरीले भन्सार छली गरी ल्याएका रु नौ लाख ७९ हजार मूल्यका सामानसहित नौजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।
पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश मुजफरनगरका २९ वर्षीय कल्बे अब्बास, सोही ठाउँका ५३ वर्षीय इसरार हुसेन, २९ वर्षीय मजर अली, ५० वर्षीय गुल्सन अली, २७ वर्षीय नजफ अली र ५० वर्षीय सेहेजात गुड्छु, उत्तर प्रदेशको मेरठका २६ वर्षीय हुसेन अब्बास र ३१ वर्षीय कोमी सलमान तथा रौतहटको चन्द्रपुर नगरपालिका–९ का ३८ वर्षीय दीपक दाहाल रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।
काठमाडौं महानगरपालिका–२८ बागबजारमा भारतीय नागरिकले भन्सार छली गरेका लत्ता कपडा भण्डारण गरी अवैध रुपले कारोबार गर्दै आएको सूचनाका आधारमा प्रहरी वृत्त सिंहदरबारको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। प्रहरीले खानतलासीका क्रममा नौ जनाको साथमा रहेको २७ थान सेन्थेटिक झोला, रु चार लाख २५ हजारको लत्ताकपडा र रु दुई लाख नगद बरामद गरेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment