आइसीसी टेष्ट र्यांकिंगमा स्टिभ स्मिथ तेस्रो नम्बरमा
एजेन्सी । आइसीसी टेष्ट बरियतामा अस्ट्रेलियाका ब्याट्सम्यान स्टिभ स्मिथ तेस्रो नम्बरमा उक्लिएका छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषदले मंगलबार जारी गरेको नयाँ वरियतामा स्मिथ भारतका चेतेश्वर पुजारालाई पछाडी पार्दै तेस्रो स्थान हासिल गरेका हुन्।
बल टेम्परिंगको आरोपमा एक वर्ष प्रतिबन्धमा परेका स्मिथले आफ्नो पुनरागमन खेलमा इंग्ल्याण्डविरुद्ध भएको एसेज सिरिजको पहिलो खेलमा लगातार दुई सतक लगाएका थिए। त्यो भन्दा पहिला उनी चौथो नम्बरमा स्थिर रहेका थिए। तर नयाँ वरियतामा भारतका पुजारा चौथो नम्बरमा झरेका छन्।
स्मिथ ९०३ रेटिंग अंकका साथ तेस्रो नम्बरमा पुगेका हुन्। वरियताको शिर्ष स्थानमा भारतीय कप्तान विराट कोहली रहेका छन्। उनको रेटिंग अंक ९२२ रहेको छ। यस्तो दोस्रो स्थानमा ९१३ अंकका साथ न्यूजिल्याण्डका कप्तान केन विलियम्सन रहेका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment