एमाले अर्घाखाँचीको अध्यक्षमा पीताम्बर भुसाल सर्वसम्मत
अर्घाखाँची। नेकपा एमाले अर्घाखाँचीको अध्यक्षमा पीताम्बर भुसाल सर्वसम्मत चयन भएका छन्। शनिबारदेखि सदरमुकाम सन्धिखर्कमा सुरु भएको अधिवेशनमा अध्यक्षमा भुसाल र सचिवमा तोज बहादुर रायमाझी सर्वसम्मत रुपमा चयन भएका हुन्।
यस्तै उपाध्यक्ष र सहसचिव लगायतका पदमा भने निर्वाचन भएको छ। उपाध्यक्ष पदमा शम्भु पोख्रेल ३ २४ मत प्राप्त गर्दै विजयी भएका छन् भने उनका निकटम प्रतिद्वन्द्वी प्रेम नारायण गैरेले १९९ मत प्राप्त गरेका थिए।
यस्तै उप-सचिवमा खगिस्वर पन्थीले ३१४ मत प्राप्त गर्दै विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी श्रीकृष्ण भुसालले १८९ मत प्राप्त गरेका थिए। यस्तै महिला तर्फबाट उपसचिव पदमा शिवकला बिक ३४८ मतसहित विजयी भएकी छन्।
यस्तै महिला सदस्यमा कमला खनाल भण्डारी ,दिपा पन्थी आचार्य ,देवी थापा भुसाल मिश्रा आचार्य विजयी भएका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment