रक्षामन्त्री उप्रेतीद्वारा सैनिक हवाई सेवा निरीक्षण
काठमाडौं। रक्षामन्त्री हरिप्रसाद उप्रेतीले गौचरस्थित सैनिक हवाई सेवाअन्तर्गत मध्यएयर वेश, विशिष्ट उडान सेवा तथा हवाई प्राविधिक सेवाको निरीक्षण गरेका छन्।
उनलाई सैनिक हवाइसेवा प्रमुख, पाइलट उपरथी आशिष नरसिंह राणाले सैनिक हवाई सेवाको वस्तुस्थितिलगायत सैनिक हवाइसेवाका विविध गतिविधिबारे जानकारी गराएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
त्यसअवसरमा रक्षा मन्त्री उप्रेतीले मध्यएयर वेशमा रहेका सैनिक हवाई साधन तथा उपकरणको अवलोकन गरे। मन्त्री उप्रेतीले सैनिक हवाई सेवालगायत अन्तर्गतका युनिटबाट विपद् उद्धार, विकास निर्माणलगायतका क्षेत्रमा सम्पादन भएका कार्यको प्रशंसा गर्दै आगामी दिनमा उच्च मनोबलका साथ काम गर्न निर्देशन दिए। यसअघि उनलाई मध्यएयर वेशमा प्रधानसेनापति प्रभुराम शर्माले स्वागत गरे।
No ads found for this position


डिसी नेपाल
Facebook Comment