निजी क्षेत्रसँगको सहकार्यले नै विकासमा प्रतिफल आउँछः मुख्यमन्त्री कँडेल

डिसी नेपाल
२९ जेठ २०८१ ११:२७
96
Shares

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले निजी क्षेत्रसँगको सहकार्यले नै विकासको प्रतिफल आउने बताउनुभयो।

सुर्खेतस्थित बुलबुले तालमा आज मोटरबोटको औपचारिक उद्घाटन गर्दै उनले कर्णालीमा रहेका सम्भावनालाई साकार पार्न सबै मिलेर अगाडि बढ्नुको विकल्प नभएको बताए।

मुख्यमन्त्री कँडेलले सरकारले बजेट हेरेर कार्यक्रम बनाउने प्रवृतिले प्रतिफल आउन नसकेको धारणा राखे।

“कार्यक्रम र आवश्यकता हेरेर बजेट बनाउनुपर्ने हो तर बजेट हेरेर कार्यक्रम बनाउन लागिएकाले समस्या भइरहेको छ । कर्णालीमा गर्नुपर्ने काम धेरै बाँकी छन्, त्यसैले अब स्रोतसाधन र आवश्यकतालाई ख्याल गरेर आशा जगाउने गरी काम गर्नुपर्ने आवश्यकता छ”, मुख्यमन्त्री कँडेलले भने।

उनले कर्णालीमा पर्यटन प्रवर्द्धन गर्न बुलबुले ताल तथा समग्र क्षेत्रको विकासका लागि आफ्नो ध्यान केन्द्रीत भएको बताए। कर्णालीको परिचय बदल्न अब सबै एकताबद्ध हुनुपर्ने उनको भनाइ थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *