सरकारले पूर्वाग्रही ढंगले राजदूत फिर्ताको निर्णय गर्‍योः डा महत

डिसी नेपाल
२९ जेठ २०८१ १८:२९
48
Shares

काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले पूर्वाग्रही ढंगले सरकारले राजदूत फिर्ता गर्ने निर्णय गरेको बताएका छन्।

मंगलबार काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै महतले विभिन्न देशमा नियुक्त भएका केहि राजदूतहरुले देशको हितको पक्षका निकै राम्रा कामगरेपनि सरकारले उनीहरुलाई पूर्वाग्रही ढंगले फिर्ता बोलाउने निर्णय गरेको बताएका हुन्।

अत्यन्त व्यवसायिक हैसियत राख्ने राजदूतहरुलाई फिर्ता बोलाउनु उचित नभएको उनको भनाइ छ। उनले देशका लागि नभएर आफ्ना लागि काम गर्ने मान्छेलाई राजदूतका नियुक्त गर्न खोजेको आरोप लगाए।

प्रवक्ता महतले फजुल खर्चमा बजेट विनियोजन भएको भन्दै कार्यान्वयन हुनेमा आशंका व्यक्त गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *