मधेस सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
धनुषा। मधेस प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रदेशसभा बैठकमा प्रस्तुत भएको छ।
संविधानको धारा १८४ को उपधारा २ बमोजिम सरकारका तर्फबाट मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।
प्रस्तुत नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्य, रोजगार, खेलकुद, भौतिक पूर्वाधार, वन वातावरण, सुशासनलाई उच्च प्राथमिकतामा दिइएको छ। नीति तथा कार्यक्रममा मधेसका एक सय ३६ पालिकालाई लक्षित गरी नमूना कृषि विकास समूह सहकारी वा कृषि साझेदारीमा एक पालिका एक कृषि उत्कृष्टता केन्द्र तयार गर्ने उल्लेख छ।
मधेसका प्रत्येक जिल्लामा नमूनाको रुपमा एक/एक वटा खुला शैक्षिक उद्यान तयार गर्ने, मधेस प्रदेशको तथ्यांकलाई भरपर्दो र विश्वासिलो बनाउन आफ्नै डिजिटल तथ्यांक बैंक स्थापना गर्ने विषय नीति तथा कार्यक्रममा समेटिएको छ।
पत्रकारिता क्षेत्रको विकास तथा पत्रकारहरूको क्षमता अभिवृद्धि तथा वैदेशिक लगानी भित्र्याउने हेतुले मधेस लगानी सम्मेलन गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ। प्रदेशमा सुशासन कायम गर्दै विकास खर्च बढाउने विषयमा जोड दिइएको छ।







डिसी नेपाल








Facebook Comment