जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित

डिसी नेपाल
३० जेठ २०८१ १३:५०
692
Shares

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन्।

महाधिवेशनअन्तर्गत आज भएको उम्मेदवारी दर्तामा अध्यक्ष पदमा यादवको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध अध्यक्षमा निर्वाचित भएका हुन्।

अध्यक्ष पदमा उपेन्द्र यादव जीको एकल उम्मेदवारी परेको र औपचारिक घोषणा हुन बाँकी रहेको छ।

यादवको नेतृत्वमा १८ वर्ष अगाडि मधेशी जनअधिकार फोरम नेपाल गठन भएको थियो। त्यति बेलादेखि नै उनी निरन्तर अध्यक्ष रहेका छन्। अध्यक्षबाहेकका अन्य पदमा भने निर्वाचन हुने बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *