टिकापुर घटना घटाउनेको नाम सार्वजनिक गर्ने बेला आयोः रेशम चौधरी

डिसी नेपाल
३० जेठ २०८१ १७:०७
100
Shares

काठमाडौं। नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले टिकापुर घटना घटाउनेको नाम सार्वजनिक गर्ने बेला आएको बताएका छन्।

समाजवादी पार्टीको स्थापना दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा चौधरीले टिकापुर घटनाका बारेमा लाल आयोगको प्रतिवेदन लुकाइएको भन्दै अव उक्त घटना घटाउनेको नाम सार्वजनिक गर्ने बेला आएको बताएका हुन्।

उनले टिकापुर घटनामा घाइते व्यक्तिलाई उपचार गर्न अस्पताल लाने, रिक्सा चलाउने, तरकारी बेच्ने निर्दोष थारुहरुलाई ८ वर्ष जेल पठाइएको जिकिर गरे। जबरजस्ती दोषी बनाइएका थारुहरुलाई उचित क्षतिपूर्तिसहित राज्यले माफी माग्ने बन्दोबस्त गर्न उनले गृहमन्त्री समक्ष आग्रह गरे।

उनले साढे १० हजार जनप्रतिनिधि र एक लाख ३९ हजार जनता सहभागी भएको आफ्नो पार्टीको महाधिवेशनलाई निर्वाचन आयोगले अवैध ठहर गर्नु उचित नभएको धारणा राखे। चौधरीले श्रीमान श्रीमतीबिच फाटो ल्याउन खोज्ने दलहरुले देशको विकास गर्न नसक्ने तर्क गरे।

उनले आफूलाई अझैपनि तर्साउने प्रयत्न भइरहेको भन्दै त्यसबाट रतिभर पनि त्रसित नहुने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *