कर्णाली सरकारको बजेट ३१ अर्ब ४१ करोड (पूर्णपाठ)

डिसी नेपाल
१ असार २०८१ १८:००
36
Shares

काठमाडौं। कर्णाली सरकारले आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ४१ करोड ४१ हजारको बजेट सार्वजनिक गरेको छ।

शनिबार कर्णाली प्रदेश सभा बैठकका प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन्। प्रस्तुत बजेटमध्ये पुँजीगततर्फ १८ अर्ब ७५ करोड ८ लाख ६८ हजार र चालुतर्फ ७ अर्ब ५७ करोड ५५ लाख रहेको छ।

त्यस्तै वित्तीय व्यवस्थापनतर्फ २५ करोड, स्थानीय तहका वित्तीय हस्तान्तरण ४ अर्ब ८३ करोड विनियोजन गरिएको मन्त्री केसीले जानकारी दिए। आगामी आर्थिक बर्षका लागि अनुमान गरिएको बजेटको स्रोत मध्ये आन्तरिक राजस्वबाट ८३ करोड ४४ लाख, चालू आर्थिक वर्षको बचतबाट ५ अर्व १३ करोड, संघीय सरकारबाट राजस्व बाँडफाँटबाट प्राप्त हुने रकम रु ९ अर्व ३८ करोड र वित्तीय समानीकरण अनुदानबाट प्राप्त हुन आएको रु १० अर्व ३६ करोड रुपैया र ससर्त अनुदानबाट रु ३ अर्व ७१ लाख परिचालन गरिने उनले बताए।

बजेटमा पर्यटकीय स्थलको गुरुयोजना कार्यान्वयन गर्न १४ करोड रुपैया विनियोजन गरिएको छ भने ऊर्जा विकास मन्त्रालयका लागि २ अर्ब ८६ करोड रुपैया विनियोजन गरिएको छ। त्यस्तै खानेपानी सेवा विस्तार र पुनस्थापना कार्यक्र सञ्चालनका लागि रु १ अर्व ८ करोड विनियोजन गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *