एमालेको अधिवेशन कति जिल्लामा भयो, कहाँ-कहाँ बाँकी छ ?

डिसी नेपाल
१ असार २०८१ २०:२९
48
Shares

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ जिल्लामा अधिवेशन गर्न बाँकी रहेको छ। पार्टीले जेठ मसान्तभित्रमा सबै जिल्लामा अधिवेशन सक्न निर्देशन दिए पनि ती जिल्लामा अझै अधिवेशन सम्पन्न हुन सको छैन।

एमाले निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले निर्धारित समयमा ६६ जिल्लाका अधिवेशन सम्पन्न भइसकेको जानकारी दिए । “जेठ महिनाभित्र जिल्ला अधिवेशन सकाउने निर्देशन दिएका थियौँ, अधिवेशन गर्न बाँकी जिल्लामा प्रदेश कमिटीको समन्वयमा चाँडै समय तोकिने छ” उनले भने ।

अध्यक्ष डा सुब्बाका अनुसार कोशी प्रदेशको इलाम, मोरङ र तेह्रथुम, मधेस प्रदेशको सिरहा, सप्तरी र धनुषा, गण्डकी प्रदेशको मनाङ, कर्णाली प्रदेशको डोल्पा तथा सुदूरपश्चिम प्रदेशको अछाम, बझाङ र डोटी जिल्लाको अधिवेशन गर्न बाँकी छ ।

सदस्यता वितरण र आन्तरिक विवादका कारण ती जिल्लाको अधिवेशन निर्धारित समयमा हुन नसकेको उनले बताए । अधिवेशन सकिएकामध्ये करिब ८३ प्रतिशत जिल्लामा निर्वाचनमार्फत र अन्यमा सर्वसम्मत नेतृत्व चयन भएको एमालेले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *