कांग्रेस सकारात्मक प्रतिपक्षको भूमिकामा रहन्छ: उपसभापति खड्का

डिसी नेपाल
१ असार २०८१ २१:१३
20
Shares

महेन्द्रनगर। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेसले सकरात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन्।

आज कञ्चनपुरको महेन्द्रनगरमा आयोजित नेपाली कांग्रेस कञ्चनपुरको जिल्ला सम्मेलन उद्घाटन समारोहमा उनले कांग्रेस परिर्वतनको बाहक भएकाले सत्ताको पछि नलागि सकारात्मक प्रतिपक्षका रुपमा रहने धारणा राखे।

‘संविधानको रक्षा गर्दै मुलुकको विकासमा कांग्रेसले सदैव बलियो जग बनाउँदै आएको छ’, खड्काले भने, ‘सत्ता सञ्चालन हुन नसकेर कांग्रेसतिर फर्किन लाग्यो भने नेतृत्व लिन पार्टी तयार छ।’ पार्टी पुनःनिर्माण र रुपान्तरणमा कांग्रेस अग्रसर हुने बताउँदै उनले संगठन विस्तार अभियानमा लागेको जानकारी दिए। ‘अहिले जनताको सुखदुःखको साथी बन्ने अभियानमा कांग्रेस लागेको छ’, उनले भने।

कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे, प्रमुख सचेतक रमेश लेखक, केन्द्रीय सदस्य नारायणप्रकाश साउदलगायत नेताहरूले सम्बोधन गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *