बजेटले मन्दीतर्फ उन्मुख अर्थतन्त्रलाई सुधार्न सक्दैनः सांसद जबरा

डिसी नेपाल
२ असार २०८१ १९:४७
72
Shares

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता पशुपति समशेर जबराले बजेटले मन्दीतर्फ उन्मुख अर्थतन्त्रलाई सुधार्न नसक्ने टिप्पणी गरेका छन्।

आइतबारको प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिदै बजेटले मन्दीतर्फ उन्मुख अर्थतन्त्रलाई सुधार्न नसक्ने बताएका हुन्।

उनले भने, ‘जिडिपीको वृद्धिदर सुस्त छ। मुद्रास्फिती उच्च छ। बेरोजगारी बढ्दो छ। महत्त्वपूर्ण राजश्व चुनौतीहरू छन्। यसले मन्दीतर्फउन्मुख अर्थतन्त्रलाई सुधार्न सक्दैन। सरकारले अहिलेको आर्थिक मन्दीलाई सम्बोधन गरेको देखिएन। आर्थिक मन्दीबाट देश कसरी बाहिर निकाल्ने केही पनि योजना छैन।’

उनले बजेट कल्पना र लहडमा ल्याइएको आरोप लगाउँदै ६ खर्ब घाटाको बजेट ल्याइएकोमा आपत्ति जनाए । उनले यस्तो ठूलो घाटा बजेटले देशमा भयावह मुद्रास्फीतिको अवस्था कायम भई देशमा आर्थिक अराजकता मात्रै नभई चरम सामाजिक विसंगति पनि बढ्ने जिकिर गरे ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *