७२ जिल्लामा डेंगु संक्रमण पुष्टि, सबैभन्दा बढी संक्रमण काठमाडौंमा

डिसी नेपाल
५ असार २०८१ २०:२६
44
Shares

काठमाडौं। देशका ७२ वटा जिल्लाबाट एक हजार भन्दा बढीमा डेंगु संक्रमण पुष्टि भएको छ।

इपिडिमियोलोजि तथा रोग नियन्त्रण केन्द्र अन्तर्गत किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले सन् २०२४ यता ७२ जिल्लाबाट एक हजार २४१ जनामा डेंगु पुष्टि भएको जानकारी दिए।

डेंगु संक्रमण सबै भन्दा बढी बागमती र कोशी प्रदेशमा पुष्टि भएको छ। बागमतीमा प्रदेशमा ४२८, कोशी प्रदेशमा २८५ जनामा पुष्टि भएको छ।

त्यसैगरी, मधेश प्रदेशमा ३४, गण्डकी प्रदेशमा १८८, लुम्बिनी प्रदेशमा १४८, कर्णाली प्रदेशमा १८ र सुदूरपश्चिममा १४० जनामा डेंगु पुष्टि भएको डा. दाहालले जानकारी दिए।

काठमाडौं र झापामा सबै भन्दा बढी डेंगु पुष्टि भएको छ। काठमाडौंमा १४१, झापामा ११२ जनामा डेंगु पुष्टि भएको छ।

त्यसैगरी, चितवनमा ७५, मकवानपुरमा ५९,डोटीमा ४७, तनहुँ ४६, सिन्धुपाल्चोकमा ४४, ओखलढुंगामा ४१, रुपन्देहीमा २८, भक्तपुरमा २७ जनामा डेंगु पुष्टि भएको छ। गत वर्ष ५२ हजार ७९० जनामा डेंगु पुष्टि भएको थियो। डेंगु हुनबाट बच्ने एक मात्र उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्ने हो।

उच्च ज्वरो आउने, जोर्नीर मांशपेशीअरु बारम्बार दुख्ने, आँखाको गेडी दुख्ने, बेस्सरी टाउको दुख्नु, शरीरमा राता बिमिरा आउनु, वाकवाकी लाग्नु वा बान्ता हुने यसको प्रमुख लक्षण हुन्।

लामखुट्टेको टोकाइबाट बच्न पुरै शरीर ढाक्ने लुगा लगाउने, धूप बाल्ने, मलम लगाउन डा. दाहालको सुझाव छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *