पोखरा महानगरको कार्यालयमा अख्तियारको छापा
पोखरा। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिकाको कार्यालयमा छापा मारेको छ। मंगलबार अख्तियारले पोखरा महानगरको कार्यालयमा छापा मारेर कागजातहरु नियन्त्रणमा लिएको हो।
पोखरा महानगरले मणिपाल शिक्षण अस्पताललाई नियमविपरीत २० करोड रुपैयाँ राजश्व छुट दिएको भन्दै अख्तियारमा उजुरी परेपछि अख्तियारले छापा मारेको हो। अख्तियारले सोही उजुरीको आधारमा छापा हानेर कागजातहरु नियन्त्रणमा लिएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment