‘दुई-दुई पटक संसद बिघटन गर्नेले नैतिकताको कुरा गर्न सुहाउँदैन’

डिसी नेपाल
२५ असार २०८१ १४:२३
76
Shares

काठमाडाैं। नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले दुई-दुई पटक संसद बिघटन गर्नेहरुले नैतिकताको कुरा गर्न नसुहाउने बताएका छन्।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकको बिशेष समयमा बोल्दै दाहालले प्रधामन्त्रीले विश्वासको मत लिन पाउने व्यवस्था संविधानमा रहेपछि राजीनामाको बिषयलाई नैतिकतासँग जोडेर अभिव्यक्ति दिने गरेको भन्दै असंवैधानिक तवरले दुई-दुई पटक संसद बिघटन गर्नेहरुले नैतिकताको कुरा गर्न नसुहाउने बताएका हुन्।

उनले एमालेको प्रस्तावकै कारण यसअघि प्रचण्डले कांग्रेससंगको सहकार्य तोड्दै एमालेसँग सहकार्य गरेको धारणा राखे। तर अहिले एकाएक माओवादीसँग सहकार्य तोडेर कांग्रेससँग सहकार्य गर्ने एमालेको नियममा प्रश्न गर्ने ठाँउ गरेको उनले बताए।

दाहालले कांग्रेस-एमालेबीच भएको सहमति बदनियतपूर्ण रहेको आरोप पनि लगाए। उनले वर्तमान सरकारले सुशासनको काममा निरन्तरता दिँदै गर्दा बेचन झा प्रकरणपछि सत्ता समिकरण परिवर्तनको अवस्था सिर्जना भएको दावी गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *