कमला नदीमा फसेका छ जनाको सकुशल उद्धार

डिसी नेपाल
२५ असार २०८१ २०:५०
56
Shares

सिरहा। सिरहा जिल्लाको कल्याणपुर नगरपालिका–६ भोक्रहास्थित कमला नदिमा फसेका चार जनाको सशस्त्र प्रहरीले मंगलबार सकुशल उद्धार गरेको छ।

उद्धार गरिएकाहरु सोही ठाउँ बस्ने ५५ वर्षीय मनिया कापर, ५० वर्षिय सेवक साह, ३७ वर्षीय मोहम्द हाकिम राई र ३५ वर्षीय अलादिन राई रहेका छन्। दाउरा लिन गएको अवस्थामा एक्कासी पानिको बहाव बढेपछि उनीहरु सो नदिको बीच भागमा फसेका थिए।

सोबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश कल्याणपुरबाट खटिएको सुरक्षा फौजले उनीहरुलाई ट्यूब बोटको सहायताले सकुशल उद्धार गरेको हो। त्यसैगरी सोही नगरपालिका–२ स्थित कमला नदिको बीच भागमा फसेका दुई जनाको सशस्त्र प्रहरीले दिउँसो करीब २ बजे सकुशल उद्धार गरेको हो।

धनुषा जिल्लाको कमला नगरपालिका–७ बस्ने ३० वर्षीय विष्णुदेव गोईत र २९ वर्षीय श्यामकुमार महतो वाई.बी.१५ डी ६५७० नम्बरको जेसीबीसहित पानी च्यानालाईज गर्ने क्रममा एक्कासी आएको बाढिको कारण सो नदिमा बीच भागमा फसेका थिए।

उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश कल्याणपुरबाट खटिएको सुरक्षा फौजले रबर बोटको सहयोगमा सकुशल उद्धार गरेको हो। उद्धार गरिएका दुवै जना उक्त जेसीबीका चालक तथा सह–चालक रहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *