मौवाखोलामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध
भरतपुर। चितवनको इच्छाकामना गाउँपालिका-३ मौवाखोलामा आज बिहान पहिरोे खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ।
अहिले सडक डिभिजन कार्यालयको ‘स्काभेटर’को प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिए।
पहिरो पन्छाइरहेका ठाउँमा पानी परिरहेको र लेदो खसिरहेकाले सडक खुलाउन हुन केही समय लाग्ने उनले बताए। अहिले गन्तव्यमा हिँडेका सवारी साधन सडकमा नै रोकिएका छन् ।
सडक विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गमा बर्खा सुरु भएसँगै पटक-पटक पहिरो खसेर सडक अवरुद्ध हुने गरेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment