शैल्यशिखरका दुई कृषि प्राविधिक घुससहित पक्राउ

डिसी नेपाल
१ साउन २०८१ ८:०८
52
Shares

काठमाडौँ । दार्चुलाको शैल्यशिखर नगरपालिकाका दुईजना कृषि प्राविधिक घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार पक्राउ पर्नेमा कृषि प्राविधिक (अधिकृत) मोहन सिंह धामी र कृषि प्राविधिक अशोक सिंह धामी रहेका छन्।

कृषि प्राविधिकद्वयले कृषि समूहको बिल भुक्तानी गर्दा कमिशन वापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिई गएको टोलीले पक्राउ गरेको हो।

उनीहरूले सेवाग्राहीबाट नगद ४ लाख १२ हजार घुस लिइसकेको अवस्थामा उक्त रकम र निजहरूको साथबाट ४५ लाख ६० हजारको ५ थान चेक र अशोक सिंह धामीको नाममा काटिएको २ लाख ५० हजार ००० को २ वटा गरी ।५ लाखको चेकसहित कैलालीको धनगढी उपमहानगरपालिका वडा नं। ४ बोराडाडीबाट नियन्त्रणमा लिइएको हो।

दुवैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *