डिजिटल माध्यमबाट बधाई दिन प्रधानमन्त्री ओलीको आग्रह
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई डिजिटल माध्यमबाट बधाई तथा शुभ्कमना दिन आग्रह गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा बधाई तथा शुभकामना दिनेको भिड बढेपछि उनले सामाजिक सञ्जालमाफर्त डिजिटल माध्यमबाट शुभकामना दिन आग्रह गरेका हुन्। उनले सकेसम्म म्यासेन्जरबाट शुभकामना सन्देश पठाउन र भेटमा खादा मालाको प्रयोग नगर्न आग्रह गरेका छन्।
उनले भनेका छन्-
विभिन्न माध्यमबाट शुभकामना र बधाईका सन्देश आइरहेका छन्। प्रत्यक्ष भेटेर भन्दा डिजिटल माध्यमबाट शुभकामना, बधाई दिँदा साथीहरुको समयको पनि बचत हुन्छ। शुभेच्छुक सबैलाई सकेसम्म म्यासेन्जरबाट सन्देश पठाउन र भेटमा पनि खादा/माला प्रयोग नगर्न अनुरोध गर्छु।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment