बस र तेल बोकेको ट्याङ्कर ठोक्किँदा १५ जना घाइते

डिसी नेपाल
५ साउन २०८१ १८:३०
56
Shares

नारायणगढ। चितवनको नारायणगढ– मुग्लिङ सडकअन्तर्गत पर्ने भतेरीमा बस र तेल बोकेको ट्याङ्कर ठोक्किँदा १५ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालकानुसार आज दिउँसो भरतपुर महानगरपालिका–२९ मा पर्ने भतेरीमा नारायणघाटबाट पोखरा जाँदै गरेको ग२ख १४०१ नंको बस सोही दिशाबाट जाँदै गरेको ना७ख ५४९१ नंको पेट्रोल बोकेको ट्याङ्करको पछाडि ठोक्किँदा बसमा सवार १५ यात्री घाइते भएका हुन्।

घाइतेलाई उपचारका लागि चितवनको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा लगिएको प्रवक्ता रिजालले बताए। घाइतेमध्ये एकजना गम्भीर र अन्यको अवस्था मध्यम रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *